सामाजिक सञ्जाल प्रदायक कम्पनीलाई सरकारले दिएको अल्टिमेटम जनहित विपरीत : रास्वपा « Khabarhub

सामाजिक सञ्जाल प्रदायक कम्पनीलाई सरकारले दिएको अल्टिमेटम जनहित विपरीत : रास्वपा


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाल प्रदायक कम्पनीहरूलाई दर्ताका लागि अल्टिमेटम दिएर सरकारले जनहित विपरीत काम गरिरहेको बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले सरकारले धम्कीको शैलीमा सामाजिक सञ्जालहरू बन्द गर्ने कुरा गरिरहेको बताए । 

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा कसैको केही असहमति छैन । सर्वोच्च अदालतले दिएको स्पष्ट परमादेश छ । यी प्लेटफर्म दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । सरकारको कर्तव्य भनेको यही आदेश अक्षरसः पालना गर्नु हो,’ चौधरीले भने, ‘त्यसका लागि कूटनीतिक वार्ता, कानूनी प्रवर्द्धन र दीर्घकालीन रणनीति अपनाउनु हो । धम्की दिने वा हतारमा बन्द गर्ने होइन । तर सरकार संयमता र कौशलता देखाउनुको साटो एक हप्ता, दुई हप्ताको शैलीमा उत्रिएको छ । यो जनहित विपरित छ ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : २१ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा