एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग माग्यो जीएसआई समर्थन र जापानविरुद्धको परेडबारे धारणा  « Khabarhub

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग माग्यो जीएसआई समर्थन र जापानविरुद्धको परेडबारे धारणा 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र जापानविरुद्धको परेडबारेको धारणा माग गरेको छ । 

एकीकृत समाजवादीका तर्फबाट सांसद राजेन्द्र पाण्डेले बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई दुवै विषयबारेको धारणा माग गरेका हुन् ।
 
पाण्डेको धारणा जस्ताको त्यस्तै– 
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई वटा विवादास्पद कुराहरू सुनिएको छ । र देखिएको छ । चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)मा नेपाल सहमत भएको कुरा आएको छ । 

चीनियाँ राष्ट्रपतिसँगको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीति जीएसआईमा नेपाल समर्थन गर्छ भनिएको छ । 
प्रधानमन्त्रीको भ्रमण दलका नेता र मन्त्रीहरूले यसमा नेपालको समर्थन छैन भन्ने कुरा भन्दै आएको देखिन्छ । सत्य कुरा चाँहि के हो रु यो प्रष्ट हुन जरूरी छ । 

चीनले जापानमाथि विजय गरेको दोस्रो विश्वयुद्धको अन्यको ८० औँ वार्षिकोत्सवको अवसरमा आयोजित परेडमा सम्माननीय प्रधानमन्त्री सामेल हुनुभयो । जापान नेपालको प्रमुख विकास साझेदार मुलुक हो । 

जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्न आयोजित परेडमा भाग लिनु नेपालले लिँदै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विरोध भएन रु यसबारे सम्माननीय प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सत्य के हो, जानकारी गराउनको लागि हार्दिक आग्रह गर्न चाहन्छु ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ४० बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता