नक्सांकन कार्यमा ढिलाइ : समय सीमा थप गर्न सांसद राणाको आग्रह « Khabarhub

नक्सांकन कार्यमा ढिलाइ : समय सीमा थप गर्न सांसद राणाको आग्रह


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद उदय शम्शेर राणाले भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार स्थानीय तहमा अनिवार्य रूपमा गर्नुपर्ने नक्साङ्कनका लागि समय सीमा थप गर्न आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले नक्सांकन कार्य समयमै सम्पन्न गर्न नसकिएको भन्दै समय सीमा थप गर्न सरकारसँग आग्रह गरेका हुन् ।

राणाले हालसम्म देशभरका २१३ स्थानीय तहले मात्र नक्सांकन कार्य पूरा गरेको बताए । विशेषगरी सहरी क्षेत्रमा प्रक्रिया जटिल भएकाले तोकिएको अवधिभित्र काम सम्पन्न गर्न नसकिएको उनको भनाइ थियो । 

‘समय सीमा छोटो हुँदा जनतामा जसरी पनि नक्सांकन र कित्ता काट गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ सांसद राणाले भने, ‘यसले भ्रष्टाचारजन्य गतिविधि बढाउनुका साथै नागरिकलाई समस्या मात्र होइन, राजस्व असुलीमा समेत अवरोध पुगेको छ ।’ 

उनले सहज, पारदर्शी र प्रभावकारी ढंगले नक्सांकन र कित्ता काटको व्यवस्था मिलाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ५७ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता