कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत « Khabarhub

कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन् ।

शुक्रबारदेखि सुरू हुन लागेको एमालेको दोस्रो विधान महाधिवेशन अगाडि बिहीबार थापाले आफ्नो फरक मत दर्ता गराएका हुन् ।

‘मैले मेरो फरक मत दर्ता गराउन अहिले पार्टी केन्द्रीय कार्यालयमा छु’, उनले भने, ‘पार्टी कार्यालयम दर्ता भइसकेपछि मेरो फरक मत सार्वजनिक गर्नेछु । पार्टीभित्र बहसका लागि यो फरक मत दर्ज गराएको हुँ ।’

उनले यसअघि नै वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै अघि सारेको ‘पार्टी जीवनको लोकतान्त्रीकरण’सम्बन्धी दस्तावेजमा उल्लेखित कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेर हद यथावत हुनुपर्ने मत राखेका छन् । थापाले आजीवन पदमा बस्ने प्रवृत्ति र विधिविपरीत निर्णय गर्ने नेतृत्वको प्रयासको कडा आलोचना गर्दै आएका थिए । उनले फरक मतमा पनि त्यही कुराको विस्तृत व्याख्या गरेका छन् ।

उनले गत साउनमा भएका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली आफैंले प्रस्तुत गरेको नीति र दस्तावेजलाई मिच्दै अघि बढ्न खोजेको आरोप लगाएका थिए । अब उनको उक्त फरक विचारलाई एमालेले पनि स्वीकारेर विधान महाधिवेशनमा छलफलका लागि लाने भएको हो ।

‘७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक’

थापाले वर्तमान अध्यक्ष ओलीले नै प्रस्तुत गरेको ७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक रहेको बताउँदै विधानबाट त्यसलाई हटाउन नहुने बताइरहेका छन् ।

‘७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय सचिवालयले गर्‍यो भनेर फैलाइएको कुरा गलत हो’, उनले भनेका छन्, ‘अध्यक्ष ओलीकै प्रस्तावमा सातौं महाधिवेशनदेखि यो नीति ल्याइएको हो र आठौं–नवौं महाधिवेशनबाट संस्थागत गरिएको हो।’

उनका अनुसार पार्टीको संगठनात्मक प्रस्तावको पृष्ठ २३, ३० र ३१ मा यो कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ, जसअनुसार वडास्तरदेखि केन्द्रसम्म यही मापदण्ड लागू हुने भनिएको छ।

थापाले एमालेभित्र विधि र संस्थागत निर्णयहरूलाई कमजोर पार्ने प्रयासहरू भइरहेको संकेत बताएका छन् । ‘केपी ओलीले नै उमेर हद र कार्यकाल सीमाको कुरा उठाएर वैज्ञानिक बनाएका थिए, तर अहिले आफैंले त्यसलाई मिच्ने काम गर्नु अनुचित हो’, उनले भनेका छन् ।

भरतमोहन अधिकारी, अमृतकुमार बोहोरा, मोदनाथ प्रश्रित जस्ता वरिष्ठ नेताहरूमा उमेर हद लागू गरिसकिएको अवस्थामा त्यसलाई निरन्तरता दिनुपर्ने थापाको तर्क छ । ‘नीतिमा भन्दा धेरै नेतृत्वमा टक्कर हुने भएकाले विधिको पालना जरुरी छ। विधि कार्यान्वयन हुँदा मनोमानी चल्दैन’, उनले भनेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  २ : २३ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै