बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो « Khabarhub

बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ ।

धानबालीसम्बन्धी कुनै समस्या देखा परेमा तुरुन्त कृषि प्राविधिक वा कृषि विकास शाखामा सम्पर्क गर्न कृषकलाई आग्रह गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक दिनेश सुवर्णकारले बताए। उनका अनुसार ब्लाष्ट रोग धानका बाला तथा बेर्नामा लाग्ने एक प्रकारको ढुसीजन्य रोग हो । 

धानबालीमा लाग्ने प्रमुख रोगहरू मध्यको यो एक भएको बताउँदै उनले भने, ‘यो रोगले ब्याडका बेर्ना मार्ने तथा धानका बालालाई सुकाउने गर्छ । जुन, सन् १९६६ मा पहिलो पटक देखिएको थियो ।’

यो रोग बिउबाट पनि सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाउँका बिउ उपचार नगरी वा रोगी बिरुवा प्रयोग गर्दा फैलिएको हुनसक्ने उनको भनाइ छ ।

कृषि प्राविधिक सुवर्णकारले भने, ‘रोग लागेका धानबालीको पातमा स–साना सेतो टिका जस्तो देखिने दाग, बीचमा भएका खैरा थोप्ला देखा पर्ने तथा फलेको धानमा बाला तलतिर डाँठको वरिपरि वा आख्लामा खैरो रङको दागहरू देखिने र बाला मर्ने समस्या देखा पर्दछ । ढुसीले अनुकूल भएको समयमा विभिन्न भागमा विस्तारै गोलो, लाम्चो आँखा जस्तै आकार बनाउँछ र बीचमा खरानी रङ तथा बाहिर खैरो रङ भएका थोप्लाहरू देखा पर्दछन् ।’

उक्त समस्याबाट धानबालीलाई जोगाउन गत वर्ष रोग नदेखिएको मूल बिउबाट मात्र बिउको छनोट गर्नुपर्ने, पर्याप्त घाम लाग्ने ठाँउमा राम्रोसँग हिलो बनाएर बिउ राख्ने, नुनपानीको सहायताले बिउबाट भुस छान्नेलगायत काम गर्न सकिने उनले सुझाव दिए । 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  २ : १९ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको