एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निर्माण गरिँदै | Khabarhub Khabarhub

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निर्माण गरिँदै


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निर्माण गर्न लागेको छ ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले एडिबीसँगको सम्झौताअनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निर्माण गर्न लागेको हो । 

प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले धार्मिक पर्यटनमा जोड दिएको बताउँदै एसियाली विकास बैंकको २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिने जानकारी दिए। 

‘बडिमालिका र खप्तड जोड्ने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा रु सात करोड बजेट आएको छ’, उनले भने, ‘गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्रामगृह निर्माण गरेका थियौँ ।’

प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि होटेल व्यवसायी, होमस्टे (घरबास) प्रवर्द्धन र पर्यटक पथप्रदर्शकलाई तालिमको व्यवस्था गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार पर्यटकको सहजताका लागि कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा हेल्पडेस्क (सहायता कक्ष) सञ्चालनमा छन । 

‘प्रदेश सरकारले यहाँका पर्यटकीय गन्तव्यको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको छ’, उनले भने, ‘यसै वर्ष टिकापुरको विमानस्थल स्तरोन्नतिका लागि रु ७० लाख बजेट विनियोजन भएको छ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई मध्यनजर गर्दै प्रदेश सरकारको २५ प्रतिशत लगानीमा मझगाउँ विमानस्थल निर्माण भइरहेको छ ।’ 

मन्त्रालयका प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले प्रकृतिमा आधारित पर्यटनलाई विकास गर्न लागेको बताए। उनका अनुसार स्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेकाले पर्यटन प्रवर्द्धनका लागि पहल थालिएको उनले उल्लेख गरे। 
 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  २ : २७ बजे

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत

दशैं-तिहार मनाएर माओवादीले सरकारविरुद्ध आन्दोलन थाल्ने

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ठूला चाडपर्व (दशैँ-तिहार) पछि

शिक्षक बोहराको काज सरुवा रोक्न उच्च अदालत विराटनगरको अन्तरिम आदेश जारी 

सुनसरी– सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित कोशी माविका शिक्षक वालकृष्ण बोहराको काज

काठमाडौंका ३० प्रतिशत व्यवसायी फेसबुकमा निर्भर, हतारको निर्णयले अपराध बढ्ने चेतावनी

काठमाडौं– नेपाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको

साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ