माओवादीले भन्यो- सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो « Khabarhub

माओवादीले भन्यो- सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर उद्यत भएको टिप्पणी गरेको छ ।

काठमाडौंको पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई माओवादी केन्द्रले प्रथम दृष्टिमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर उद्धत रहेको रूपमा लिएको बताए ।

‘हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने दिशातिर सरकार उद्यत भएको छ,’ उनले भने ।

प्रवक्ता सापकोटाले अभिव्यक्ति स्वतन्त्रतालाई गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धिका रूपमा ब्याख्या गर्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका अन्तर आशय अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गरिने पनि बताए ।

‘गणतन्त्रमा सबैभन्दा ठूलो उपलब्धि भनेको अभिव्यक्ति स्वतन्त्रता हो । त्यो भन्दा ठूलो स्वतन्त्रता केही छैन । नियमन गर्ने बहानामा यो कतै कुण्ठित हुने त होइन भने लागेको छ,’ उनले भने, ‘यसको बारेमा अझ सरकारका निर्णयको अन्तर आशयहरू, त्यसको सार अलि अध्ययन गरेर हामी सार्वजनिक गर्ने नै छौँ ।’

तर, सापकोटाले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा भने सहमति जनाए । ‘सामाजिक सञ्जालको बारेमा सरकारले जुन निर्णय गरेको छ, त्यो निर्णयमा नियमन त गर्न पर्छ,’ प्रवक्ता सापकोटाले भने ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ४ : ५२ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा