होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह « Khabarhub

होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला होटल व्यवसायी सङ्घले काठमाडौँभित्र सञ्चालनमा रहेका होटललाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

सङ्घले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भेटेर होटल सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष सुरेश बरालले होटल व्यवसाय रातको १२ बजेसम्म सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे ।

ठमेल र दरबारमार्गका होटललाई २४ सै घण्टा सञ्चालन गर्न दिने वातावरण निर्माण भएको बेलामा नयाँबसपार्क, सुन्धारा, गौशाला, बागबजार, कलंकीलगायतका होटल पनि रातको १२ बजेसम्म सञ्चालन हुने वातावरण बनाइदिन सङ्घले प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरेको छ ।

भेटमा प्रजिअ रिजालले व्यवसायीहरूले उठाएका माग र समस्याबारे सम्बद्ध निकायसँग छलफल गरी समाधान खोज्ने बताए। उनले होटल व्यवसायलाई व्यवस्थित र सुरक्षासहित सञ्चालन गर्न प्रशासन सधैँ सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ३० बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता