देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु « Khabarhub

देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने बताएका छन् ।  

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले निजामती विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल बताए ।

कर्मचारीतन्त्र स्थायी सरकार भएकाले कर्मचारीका जायज समस्यालाई सरकारसमक्ष पुराउने उनले बताए ।

उनले कर्मचारीलाई विश्वासमा लिएर उच्च मनोबल बनाउन सके देशको विकासमा थप सहजता पुग्ने धारणा राखे । सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति देउवाले विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन क्रियाशील हुनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले हरेक निकायमा इमानदार र कर्तव्यनिष्ठता कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राखे  । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ३३ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता