देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु « Khabarhub

देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने बताएका छन् ।  

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले निजामती विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल बताए ।

कर्मचारीतन्त्र स्थायी सरकार भएकाले कर्मचारीका जायज समस्यालाई सरकारसमक्ष पुराउने उनले बताए ।

उनले कर्मचारीलाई विश्वासमा लिएर उच्च मनोबल बनाउन सके देशको विकासमा थप सहजता पुग्ने धारणा राखे । सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति देउवाले विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन क्रियाशील हुनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले हरेक निकायमा इमानदार र कर्तव्यनिष्ठता कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राखे  । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ३३ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा