गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो « Khabarhub

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको भन्दै पुनर्विचार गर्न सरकारललाई आग्रह गरेका छन्।

थापाले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने नभई कानुनी व्यवस्था बनाउन भनेको जिकिर गरेका छन् । ‘सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ’, उनले भने ।

महामन्त्री थापाले सामाजिक सञ्जाल नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने, सार्वजनिक बहसमा सहभागी हुने र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण माध्यम भएको भन्दै यसलाई बन्द गर्नु लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरे।

‘सञ्जाल सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र र आम मानिसको दैनिकीसँग जोडिएको छ। यसमा प्रतिबन्ध लगाउँदा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक संकुचित हुन्छ,’ थापाले भने।

उनले सामाजिक सञ्जालमा दुरुपयोग रोक्न र सुरक्षित बनाउनका लागि आवश्यक कानुन तत्काल निर्माणमा तदारुकता देखाउन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ५९ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक