रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने « Khabarhub

रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे धारणा सार्वजनिक गर्दै वाक स्वतन्त्रता र नियमनलाई छुट्टै दृष्टिले बुझ्नुपर्ने बताएकी छन्।

उनले सामाजिक सञ्जाल र भर्चुअल प्लेटफर्मलाई नियमित र नियमन गर्नु वाक स्वतन्त्रतामाथि बन्देज नभएको बताएकी छन् । नागरिकले आफ्नो अधिकारसँगै दायित्वलाई पनि स्वीकार गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

झाँक्रीले यस प्रसंगमा पशुपतिनाथको उदाहरण दिएकी छन् । ‘पशुपतिनाथको दर्शन गर्नु नागरिकको अधिकार हो। तर हजारौँ मानिसलाई सहजता होस् भनेर बनाइएका नियमलाई मान्नु सबैको कर्तव्य हो। बनाइएको लाइनमा बसेर तोकिएको गेटबाट मात्रै दर्शन गर्नुपर्छ। त्यस्तै हो यो पनि’, उनले भनेकी छन् ।

झाँक्रीले वाक स्वतन्त्रता भए पनि त्यसको नाममा गालीबेइज्जती गर्न नपाइने बताइन् । त्यसैले सामाजिक सञ्जालमा नियमन आवश्यक रहेको उनको तर्क छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : १० बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता