बागमती मन्त्रिपरिषद् मातहत तीन समिति गठन गरिने « Khabarhub

बागमती मन्त्रिपरिषद् मातहत तीन समिति गठन गरिने


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् मातहत तीन वटा समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले राजनीतिक समितिको संयोजकमा कृषि तथा पशुपंक्षीमन्त्री मधुसुधनप्रसाद पौडेल, प्रशासन तथा विधेयक समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र सामाजिक, आर्थिक र पूर्वाधार विकास समितिको संयोजकमा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे रहनुभएको समिति गठन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । 

उक्त बैठकले प्रदेशको सहकारी तथा गरिबी विवरण मन्त्रालयको सचिवमा खुमराम अधिकारीलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । उक्त बैठकले प्रदेश आर्थिक कार्य विधि विधेयक र प्रदेश खानेपानी, सरसफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयकलाई प्रदेशसभा सचिवालयमा दर्ता गराउन स्वीकृत प्रदान गरेको छ ।

सो बैठकले मुख्यमन्त्री साहसी सम्पदाका लागि जिब्रो छेड्ने परम्परालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्न ल्याइएको प्रस्तावलाई स्वीकृत प्रदान गरिएको प्रवक्ता तामाङले बताए।

सोही बैठकले जिल्लाहरूमा १० लाखभन्दा माथिका विभिन्न योजनालाई निर्माण गर्ने क्रममा अब उपभोक्ता समितिको सट्टा ठेक्का बोलपत्रको माध्यमबाट काम गराउन दिने स्वीकृत प्रदान गरेको छ ।

बैठकले प्रदेशको विभिन्न मन्त्रालयमा र पूर्वाधार विकासमा अस्थायी दरबन्दीको संरचनालाई स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : ४२ बजे

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा