दोधारा-चाँदनीका बाढीपीडित भन्छन्- राहत होइन तटबन्ध चाहियो « Khabarhub

दोधारा-चाँदनीका बाढीपीडित भन्छन्- राहत होइन तटबन्ध चाहियो


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– यहाँको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको माग गरेका छन् ।
    
आइतबारदेखिको भारी वर्षाका कारण आएको बाढीले यहाँको वडा नं १०, ८ र ३ मा जोगबुढा नदीको बाढी बस्ती पसेपछि १५० मानिस विस्थापित भएका थिए । विद्यालयमा बसेका विस्थापित बुधबार तीन दिनपछि घर फर्के पनि घरभित्र हिलाम्य हुँदा बस्नसक्ने अवस्थामा छैनन् ।

‘एक बोरा चामल हामीलाई चाहिँदैन, बस्तीको सुरक्षाका लागि नदी किनारमा पक्की तटबन्ध बनाइदिनुपर्‍यो’, दोधारा–चाँदनीका स्थानीय यमुना मगरले भनिन्, ‘हामी हरेक वर्ष विस्थापित हुँदै आएका छौँ, पक्की तटबन्ध बनाएर बाढीबाट सधैँका लागि मुक्ति दिनुपर्‍यो ।’

 हरेक वर्ष आउने बाढीले बस्ती डुबानमा पर्दा खाद्यान्न र खेतमा लगाएको अन्नबालीमा क्षति हुने गरेको छ । स्थानीयले सरकारसँग दीर्घकालीन समाधानको माग गरेका छन् । 

‘हामीलाई राहत चाहिँदैन सरकारसँग हाम्रो माग जोगबुढा नदीमा तटबन्ध निर्माण हो’, यहाँका स्थानीय तुलसा देवी तिरुवाले भनिन्, ‘बाढीले हाम्रा बालबालिका विद्यालय जान पाएका छैनन् घरभित्र हिलाम्य भएर बस्नसक्ने अवस्था छैन ।’
 
यसैसाता जोगबुढा नदीमा आएको बाढीले दोधारा–चाँदनी–३ को पटेराखल्ला, वडा नं ८ को रामपुरे टापुर जर्गा टोल तथा वडा नं १० को शान्ति टोलका ५२ परिवारसँगै सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानका कारण विस्थापित भएका थिए ।

‘हरेक वर्ष बाढी आउँछ, सरकारले केही चामल र कपडा दिन्छ । तर अर्को वर्ष फेरि उस्तै हालत हुन्छ’, स्थानीय प्रेम रोकायाले भने, ‘अब हामीलाई राहत होइन, तटबन्ध चाहिएको छ ।’ बाढीबाट विस्थापितले आज दोधारा–चाँदनी नगरपालिकामा तटबन्धको माग गर्दै धर्नासमेत दिएका छन् । नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले बाढीको स्थायी समाधान तटबन्ध भएको बताउँदै त्यसका लागि पालिकाले काम गरिरहेको बताए। 

‘तटबन्ध निर्माणका लागि पालिकाको बजेटले सम्भव हुँदैन हामी प्रदेश र सङ्घ सरकारको सहयोगमा तटबन्ध निर्माण गर्ने हो’, उनले भने, ‘गत वर्ष रु २० करोड प्राप्त भएको थियो, धेरै ठाउँमा तटबन्ध निर्माण गरिएपनि केही स्थानमा बाँकी छ ।’

 उनले तटबन्ध निर्माण बाँकी रहेका स्थानमा सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेको बताए। महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । 
 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ८ : ०१ बजे

‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन शिक्षा मन्त्री महावीर पुन रिसले

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको