चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : अध्यक्ष यादव « Khabarhub

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : अध्यक्ष यादव


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् ।

आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताए । उनले भने, “पहिले २०–२५ फिटमा पानी भेटिन्थ्यो, तर अहिले ३००–४०० फिट तल जानुपर्छ । जल, जङ्गल र जमिन बचाउनसके मात्र मधेस बच्छ ।”

यादवले सरकार मधेसमा अवैध बस्ती बसाल्ने योजनामा लागेको र भूमिहीनका नाममा मधेसको जमिन हडप्ने प्रयास भइरहेको आरोपसमेत लगाए । भूमि विधेयकविरुद्धको आफ्नो विरोध पनि मधेसको भूमिको रक्षा गर्ने उद्देश्यका लागि भएको उनको भनाइ छ ।

पर्यावरण संरक्षणबारे सचेत रहन मधेसी जनतालाई आग्रह गर्दै उनले भने, “चुरे विनाश रोकिएन भने मधेस मरुभूमि बन्ने खतरा बढ्दो छ ।”

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ९ : १३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच