सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अदूरदर्शी र प्रतिगमनकारी : डा. भट्टराई « Khabarhub

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अदूरदर्शी र प्रतिगमनकारी : डा. भट्टराई


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमलाई अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी भनेका छन्।

भट्टराईले आफ्नो फेसबुकमार्फत प्रतिक्रिया दिँदै अहिलेको विश्वव्यापीकरण, अत्याधुनिक सञ्चार प्रविधि र उन्नत लोकतन्त्रको युगमा यस्ता ‘लहडी निर्णय’ले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हक कुण्ठित हुने बताएका छन्।

उनले सरकारको यस्तो कदमलाई “आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्ने मूर्खतापूर्ण हर्कत” भन्दै कडा आलोचना गरेका छन्।

भट्टराईले उपयुक्त नियमनकारी नीतिहरू ल्याउने सट्टा सामाजिक सञ्जाल नै बन्द गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पुग्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : २६ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव