३० लाख उइग्युरलाई आफ्नो देश आउन दिने सूचना मिथ्या : टर्की « Khabarhub

३० लाख उइग्युरलाई आफ्नो देश आउन दिने सूचना मिथ्या : टर्की


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीले ३० लाख उइग्युरलाई आफ्नो देश आउन दिने सूचना मिथ्या भएको प्रस्ट पारेको छ । टर्कीको राष्ट्रपतीय सञ्चार निर्देशनालयले ३० लाख उइग्युरलाई स्वागत गर्ने विषयमा चीनसँग सम्झौता भएको भन्ने दाबीमा कुनै सत्यता नरहेको प्रष्ट पारेको हो ।

राष्ट्रपतीय सञ्चार निर्देशनालय मातहतरहेको मिथ्या सूचना प्रतिकार केन्द्रले विज्ञप्ति जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा आइरहेको यस्तो दाबीमा कुनै सत्यता नरहेको जनाएको हो । ‘३० लाख उइग्युरलाई ल्याउने विषयमा टर्की र चीनबीच सम्झौता भएको दाबी पूर्ण रुपमा आधारहीन र मिथ्या सूचना हो ।’ विज्ञप्तिमा भनिएको छ ।

यसबारे दुई देशबीच कुनै सम्झौता वा छलफल नै नभएको विज्ञप्तिलाई उद्धृत गर्दै तुर्किएटुडेले जनाएको छ । टर्किस अधिकारीहरुले अन्तर्राष्ट्रिय रुपमा संवेदनशील मुद्दामा आधिकारिक वक्तव्यमा मात्रै विश्वास गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : २६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले