वेस्ट इन्डिजविरुद्ध बल र ब्याटमा भारतको दबदबा : तीन ब्याट्सम्यानले बनाए शतक « Khabarhub

वेस्ट इन्डिजविरुद्ध बल र ब्याटमा भारतको दबदबा : तीन ब्याट्सम्यानले बनाए शतक


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिडविरुद्धको टेस्टको सुरुवातमै भारतको बल र ब्याटमै दबदबा देखिएको छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु भएको टेस्टको पहिलो दिन वेस्ट इन्डिजले कमजोर प्रदर्शन गरेपछि भारतको दबदबा देखिएको हो।

टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजको पहिलो इनिङ्स कमजोर भयो। उसले ४४ ओभर १ बल खेल्दा सबै विकेट गुमाएर मात्र १६२ रन बनाउन सक्यो।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतका मोहम्मद सिराजले चार विकेट हात पार्दा जसप्रित बुमराहले तीन विकेट लिए भने कुलदीप यादवले दुई विकेट हात पारे। वासिङ्टन सुन्दरको नाममा एक विकेट रहयो।

पहिलो दिन नै जवाफी ब्याटिङ गरेको भारतले दुई विकेटको समाप्तिमा १२१ रन बनाएको थियो। दोस्रो दिन भारतले वेस्ट इन्डिजविरुद्ध सानदार ब्याटिङ गरेको छ। उसका तीन ब्याट्सम्यानले शतक प्रहार गरेका छन्।

केएल राहुलले १९७ रनको सामना गर्दै १०० सन बनाउँदा १२ चौका प्रहार गरे। ध्रुब जुरेलले २१० बलको सामना गर्दा १४ चौका र तीन छक्काको मद्दतमा १२५ रन बनाएका छन्। रविन्द्र जडेजाले भने नटआउट १०४ रन बनाउँदा कप्तान शुभमन गिलले अर्धशतक प्रहार गरेका छन्। दोस्रो दिनको खेल सकिँदा १२८ ओभर खेलेको भारतले पाँच विकेटको क्षतिमा ४४८ रन बनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ०८ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी