वेस्ट इन्डिजविरुद्ध बल र ब्याटमा भारतको दबदबा : तीन ब्याट्सम्यानले बनाए शतक | Khabarhub Khabarhub

वेस्ट इन्डिजविरुद्ध बल र ब्याटमा भारतको दबदबा : तीन ब्याट्सम्यानले बनाए शतक


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिडविरुद्धको टेस्टको सुरुवातमै भारतको बल र ब्याटमै दबदबा देखिएको छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु भएको टेस्टको पहिलो दिन वेस्ट इन्डिजले कमजोर प्रदर्शन गरेपछि भारतको दबदबा देखिएको हो।

टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजको पहिलो इनिङ्स कमजोर भयो। उसले ४४ ओभर १ बल खेल्दा सबै विकेट गुमाएर मात्र १६२ रन बनाउन सक्यो।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतका मोहम्मद सिराजले चार विकेट हात पार्दा जसप्रित बुमराहले तीन विकेट लिए भने कुलदीप यादवले दुई विकेट हात पारे। वासिङ्टन सुन्दरको नाममा एक विकेट रहयो।

पहिलो दिन नै जवाफी ब्याटिङ गरेको भारतले दुई विकेटको समाप्तिमा १२१ रन बनाएको थियो। दोस्रो दिन भारतले वेस्ट इन्डिजविरुद्ध सानदार ब्याटिङ गरेको छ। उसका तीन ब्याट्सम्यानले शतक प्रहार गरेका छन्।

केएल राहुलले १९७ रनको सामना गर्दै १०० सन बनाउँदा १२ चौका प्रहार गरे। ध्रुब जुरेलले २१० बलको सामना गर्दा १४ चौका र तीन छक्काको मद्दतमा १२५ रन बनाएका छन्। रविन्द्र जडेजाले भने नटआउट १०४ रन बनाउँदा कप्तान शुभमन गिलले अर्धशतक प्रहार गरेका छन्। दोस्रो दिनको खेल सकिँदा १२८ ओभर खेलेको भारतले पाँच विकेटको क्षतिमा ४४८ रन बनाएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ०८ बजे

प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत

मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

सेयर निष्कासन र लगानीकर्ताका समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सेयर निष्कासन

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी

एजेन्सी – इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त

राजेन्द्र लिङ्देनले भने- यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही संविधान र