तुइन खोलामा पहिरोः मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन, जवाङ खोलाको पहिरो हटाइयो « Khabarhub

तुइन खोलामा पहिरोः मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन, जवाङ खोलाको पहिरो हटाइयो

अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो झरिरहेकाले एकतर्फी मात्र सडक सञ्चालन गरिएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पानीसँगै पहिरो खसिरहेकाले तुइन खोला क्षेत्रमा सवारी आवागमन एकतर्फी संचालनमा गरिएको हो।

सडक डिभिजनको सूचनामा भनिएको छ, ‘पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नु हुन र गर्नैपर्ने भए जानकारी लिएर सुरक्षा निकायको समन्वयमा मात्रै सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं।’

सडक जिभिजन भरतपुरका अनुसार मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिक खसेको पहिरो भने हटाइएको छ। पहिरोका कारण केही समय अवरुद्ध भएको सडकको आवागमन अहिले सञ्चालनमा आएको हो।

चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै भनेको छ, ‘चितवन , धादिङ र तनहुँका प्रमुख सडक बन्द रहेका छन्। चितवनको तुइन खोला सामान्य अवरोध छ।’

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ४६ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि