विपद् प्रतिकार्यका लागि तयार रहन मन्त्री घिसिङको निर्देशन « Khabarhub

विपद् प्रतिकार्यका लागि तयार रहन मन्त्री घिसिङको निर्देशन


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले वपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

शनिबार सिंहदरबारमा मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेकाले बिपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको जानकारी दिए । 

शनिबार रातीदेखि आइतबार बिहानसम्म उपत्यका लगायतका स्थानमा धेरै जोखिम रहेकाले उपत्यकाका नदि किनारका बस्तीमा नबस्न आग्रह गरिएको भन्दै उनले बिपद् प्रतिकार्य टोलीलाई पनि सक्रिय बनाइएको बताए । 

बाढी र पहिरोका कारण भौतिक संरचनालाई धेरै क्षति हुन नदिने गरि व्यवस्थापन गरिएको उनले बताए । उनले राजमार्गमा कुनै समस्या देखिए तत्काल समाधान गर्न निर्देशन दिइएको उल्लेख गरे । बढि डुबान हुने क्षेत्रमा पनि विपद् प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।  

उनले नदि किनारमा रहेका आयोजनाका सामाग्रीलाई सुरक्षित स्थानमा सार्ने काम भएको बताए । बिपद् व्यवस्थापनका लागि मन्त्री घिसिङले सडक, सिचाई र मौसम विभागका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । 

जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि आइतबार बिहानसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबारबाट मौसम क्रमश सुधार हुँदै जाने विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १ : २९ बजे

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा