सबै कार्यालय प्रमुखहरूलाई तत्काल जिम्मेवारीमा फर्किन सरकारको निर्देशन  | Khabarhub Khabarhub

सबै कार्यालय प्रमुखहरूलाई तत्काल जिम्मेवारीमा फर्किन सरकारको निर्देशन 


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारल सबै जिल्ला कार्यालय प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन भनेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर सम्भावित भारी वर्षाका कारण कार्यालय प्रमुखहरूलाई उच्च सतर्क अवस्थामा रहन भनेको हो ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरेकाले कार्यालय प्रमुखहरू तत्काल जिम्मेवारीमा फर्कनु पर्ने भनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले आफ्ना मातहतका सबै जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ सम्म अनिवार्य कार्यस्थलमा उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ ।

मन्त्रालयले सबै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृतहरूलाई पनि सतर्कता अपनाउन, पूर्वतयारी तथा प्रतिकार्यका काममा जुट्न निर्देशन कार्यान्वयन गर्न भनेको छ।

मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी दिनहरूमा वर्षाको जोखिम रहेकाले सबै निकायहरू सतर्क रहनुका साथै सम्भावित प्राकृतिक विपद्‌का प्रभाव कम गर्न अग्रिम तयारी र तत्कालीन प्रतिकार्यमा जुट्न आवश्यक छ।’

मन्त्रालयले वर्षाको कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने सम्भावना रहेकाले जनतालाई पनि सुरक्षित स्थानमा रहन र सरकारी सूचनाको पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : ०७ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै