हमास शान्ति वार्ताका लागि तयार, गाजामा आक्रमण रोक्न इजरायललाई ट्रम्पको आग्रह | Khabarhub Khabarhub

हमास शान्ति वार्ताका लागि तयार, गाजामा आक्रमण रोक्न इजरायललाई ट्रम्पको आग्रह


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आह्वानको स्वागत गर्दै हमासले गाजामा युद्धको अन्त्य गर्न र  बन्धकहरूलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न तयार रहेको शुक्रबार बताएको छ ।   

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा ट्रम्पको शान्ति प्रस्तावले लामो द्वन्द्व र शत्रुता रोक्न, ७२ घण्टा भित्र बन्धकहरूको रिहाइ गर्ने गाजाबाट क्रमिक इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गरेको छ ।  

योजनाले हमास र अन्य गुटहरूको ‘गाजामा कुनै भूमिका छैन’ भन्ने कुरामा जोड दिँदै यस  क्षेत्रको प्रशासन ट्रम्पको नेतृत्वमा रहेको युद्धछको संक्रमणकालीन अवस्था पछि सम्बन्धित निकायले लिने जनाएको छ । 
 
“गाजा पट्टीमा इजरायली आक्रमणको तत्काल अन्त्यबारे राष्ट्रपति ट्रम्पको शान्ति योजना उत्साहजनक रहेको हमासका प्रवक्ता ताहेर अल–नुनुलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

‘हमास कैदी आदान–प्रदान गर्न, युद्धको अन्त्य गर्न र गाजा पट्टीबाट (इजरायली) सेनाको फिर्ती सुनिश्चित गर्न तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको उनले बताए ।
   
नेतान्याहुको कार्यालयले जवाफमा इजरायलले सबै बन्धकहरूको रिहाइका लागि ट्रम्पको योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पको दृष्टिकोणसँगको समन्वयमा इजरायलले तय गरेको सिद्धान्त अनुसार युद्ध अन्त्य गर्न पूर्ण सहयोगी भूमिका खेल्नै नेतान्याहुको कार्यालयले जनाएको  छ ।

संक्षिप्त भिडियो सन्देश जारी गर्दै ट्रम्पले गाजा वार्तामा सबै पक्षलाई ‘निष्पक्ष व्यवहार’ गरिने भन्दै यो  घटनाक्रम भएको दिनलाई ‘विशेष दिन’ को रूपमा प्रशंसा गरे ।
  
शुक्रबारको घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायबाट आशावादी बनाई प्रतिक्रियाको लागि  आकर्षित गरेको छ । प्रमुख मध्यस्थकर्ता कतार र इजिप्ट दुवैले हमासको बयानलाई स्वागत गर्दै यसले द्वन्द्वको अन्त्य सुनिश्चित गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘सबै पक्षलाई यो अवसरको उपयोग गर्न आग्रह गरेको उनका प्रवक्ताले बताए ।  

फ्रान्सका इमानुएल म्याक्रोन, जर्मनीका फ्रेडरिक मेर्ज र बेलायतका कीर स्टारमर सबैले यसलाई शान्तितर्फको ठूलो कदमका रूपमा स्वागत गरेका छन् । टर्कीले हमासको प्रतिक्रियाले ‘गाजामा तत्काल युद्धविराम स्थापना गर्ने अवसर प्रदान गरेको’ बताएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : ४२ बजे

जिप दुर्घटनाका घाइतेको सेनाद्वारा उद्धार

काठमाडौं- पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा आज भएको जिप दुर्घटनाका घाइतेको

बल्खुस्थित बागमती किनारका सुकुम्बासीलाई विद्यालयमा सारियो

काठमाडौं- काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाब बढेपछि नदी

राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको

काठमाडौंका नदी करिडोरमा बाढी, कस्तो छ सरकारको तयारी ?

काठमाडौं- शनिबार साँझ बल्खुुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न

उपत्यका आसपासका नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं– निरन्तरको वर्षासँगै काठमाडौं उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको