काभ्रेपलाञ्चोकमा बाढी-पहिरोको जोखिम, सतर्क रहन अपिल « Khabarhub

काभ्रेपलाञ्चोकमा बाढी-पहिरोको जोखिम, सतर्क रहन अपिल


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोकमा लगातारको वर्षापछि बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणले काभ्रेका विभिन्न क्षेत्रमा माइकिङ गर्दै स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको हो ।

सशस्त्र प्रहरीले बनेपा धुलिखेल पाँचखाल दोलालघाट पनौती भकुण्डे लगायतका ठाउँमा माईकिङ गरेका छ। गाउँ–टोलमा गएर नदी किनार, खोला तथा भिरालो क्षेत्र नजिक बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

साथै, आकस्मिक जोखिमका अवस्थामा तुरुन्तै नजिकको प्रहरी, सशस्त्र प्रहरी वा विपद् व्यवस्थापन समितिलाई जानकारी दिन समेत आग्रह गरिएको छ ।

भारी वर्षाका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : ५० बजे

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान