काभ्रेपलाञ्चोकमा बाढी-पहिरोको जोखिम, सतर्क रहन अपिल « Khabarhub

काभ्रेपलाञ्चोकमा बाढी-पहिरोको जोखिम, सतर्क रहन अपिल


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोकमा लगातारको वर्षापछि बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणले काभ्रेका विभिन्न क्षेत्रमा माइकिङ गर्दै स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको हो ।

सशस्त्र प्रहरीले बनेपा धुलिखेल पाँचखाल दोलालघाट पनौती भकुण्डे लगायतका ठाउँमा माईकिङ गरेका छ। गाउँ–टोलमा गएर नदी किनार, खोला तथा भिरालो क्षेत्र नजिक बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

साथै, आकस्मिक जोखिमका अवस्थामा तुरुन्तै नजिकको प्रहरी, सशस्त्र प्रहरी वा विपद् व्यवस्थापन समितिलाई जानकारी दिन समेत आग्रह गरिएको छ ।

भारी वर्षाका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : ५० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर