‘सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु’  « Khabarhub

‘सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु’ 


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । 
 
भूमध्यसागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको जाल बनेको उल्लेख गर्दै, आप्रवासी र शरणार्थीहरूले सामना गर्ने उच्च जोखिमको सम्झना गराउँने संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले नियमित दैनिक ब्रीफिङगमा बताएका छन् ।  

दुजारिकले १२ वर्ष पहिले, इटालीको टापु लम्पेडुसाको तटमा, ३६८ मानिसहरूले सरल जीवनको खोजी गर्दा समुद्रमा आफ्नो ज्यान गुमाएको तथा करिब ५०० अफ्रिकी आप्रवासी बोकेको माछा मार्ने डुङ्गामा आगो लागेको र लम्पेडुसा नजिकै डुबेको बताए । 

 उनले उक्त समयमा, संयुक्त राष्ट्रका एजेन्सीहरूले परिवर्तनका लागि व्यापक आह्वान र यस्तो त्रासदी फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता रहेको भए पनि हाल समुद्रमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेकोमा शोक व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले त्यसबेला देखि मध्य भूमध्य मार्गमा हरेक हप्ता औसत ४२ जनाको ज्यान गएको जनाएको र ती पाँच जना मध्ये एक जना बालबालिका रहेको जनाएको उनले बताए ।  

संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउन द्वन्द्वलाई सम्बोधन गर्न र सुरक्षित र नियमित आप्रवासन प्रणालीलाई बलियो बनाउनका लागि मानव बेचबिखन गर्नेहरूद्वारा आयोजित खतरनाक समुद्री यात्रामा निर्भरता कम गर्न आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : ०२ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको