गाजा युद्धको तत्काल अन्त्य गर्न बन्धक परिवारको आग्रह « Khabarhub

गाजा युद्धको तत्काल अन्त्य गर्न बन्धक परिवारको आग्रह


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारहरूले गाजा युद्ध तुरुन्तै अन्त्य गर्न आवश्यक भएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न युद्धविराम योजनासहित आह्वान गरे पनि इजरायलले यस क्षेत्रमा आक्रमण गरिरहेको छ ।
  
हमासले सबै बन्धकहरूलाई रिहा गर्न र ट्रम्पको शान्ति योजनाको विवरणमा वार्ता सुरु गर्न सहमत भएपछि ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा बमबारी रोक्न आग्रह गरेका थिए।  

हमासले गाजामा बन्दी बनाइएका बन्धकहरूलाई रिहा गर्न तयार रहेको तर ट्रम्पको योजनाको विवरण र प्यालेस्टिनी क्षेत्रको भविष्यका बारेमा वार्ता गर्न चाहेको बताएको छ ।

राष्ट्रपति ट्रम्पको प्रस्तावमा समावेश गरिएको आदान–प्रदान सूत्रअनुसार सबै बन्धकहरू–जीवित र अवशेषहरूको रिहाइका लागि आफ्नो स्वीकृति घोषणा गरेको  हमासले शुक्रबार एक विज्ञप्ति मार्फत जनाएको हो ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै हमासले जारी गरेको वक्तव्यको आधारमा, विश्वास व्यक्त गर्दै स्थायी शान्तिका लागि हमास तयार रहेको बताए  । 

हमासका एकजना वरिष्ठ अधिकारीले शनिबार सबै मुद्दाहरूलाई अन्तिम रूप दिन तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको बताए ।  

ट्रम्पको प्रस्तावित योजनाले शत्रुता रोक्न, ७२ घण्टा भित्र बन्धक मुक्त गर्न, गाजाबाट क्रमिक रूपमा इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गर्दछ ।

बन्धकहरूलाई गम्भीर र अपरिवर्तनीय क्षति हुन नदिन राष्ट्रपति ट्रम्पको युद्ध तुरुन्तै रोक्नको माग आवश्यक रहेको होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले एक विज्ञप्ति मार्फत जनाएको छ । 
 
ट्रम्पको अपिलको बावजुद, गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायलले गाजा शहरमा निरन्तर आक्रमण गरेको तथा हताहत भएको अस्पतालहरूले  रिपोर्ट गरेका छन् ।

राष्ट्रपति ट्रम्पले बम विस्फोट रोक्न आह्वान गरे तापनि इजरायली सेनाले गाजा सहर र अन्य क्षेत्रमा दर्जनौँ हवाई आक्रमण र गोलाबारी गरेको नागरिक सुरक्षा प्रवक्ता महमुद बासललाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

अमेरिकी नेताले प्यालेस्टिनी समूहलाई आइतबार सम्म आफ्नो योजना स्वीकार गर्न वा सामना गर्ने समय दिनु भएको थियो ।  

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले ट्रम्पको आह्वानको जवाफमा इजरायलले सबै बन्धकहरूको रिहाइका लागि ट्रम्प योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको बताएको थियो ।

हमासले योजनामा सहमति जनाउदै यस क्षेत्रको भविष्यका बारेमा प्यालेस्टिनी छलफलहरूमा “सहभागी हुने र जिम्मेवारीपूर्वक योगदान गर्ने बताएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : ३२ बजे

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं– सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल