विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट | Khabarhub Khabarhub

विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)ले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ ।

सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट हुँदै २४३ रनले पराजित भएको हो ।

अमेरिकाले ५० ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा २९३ रन बनाएको थियो । उसका लागि सइतेजा मुकमल्ला र मिलिन्द कुमारले शतकीय इनिङ खेले । मुकमल्लाले १३७ रन बनाउँदा कुमारले १२३ रन बनाए । दुवै ब्याट्सम्यानले २६४ रनको ऐतिहासिक साझेदारीसमेत गरेका छन् । अमेरिकी क्रिकेटमा शतकको साझेदारी गरेका ब्याट्सम्यान नटआउटसमेत रहे ।

२९३ रनको लक्ष्य पछ्याएको यूएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । २२ ओभर १ बलको सामना गर्दा यूएईले सबै विकेट गुमाएर मात्र ४९ रन बनाउँदै लज्जास्पद हारको सामना गरेको हो ।

यूएईका जुनैद सिद्धिकीले सर्वाधिक १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले रन जोड्न सकेनन् । उसका तीन ब्याटर शून्यमै आउट भए ।

यूएईलाई कमजोर सावित गर्न अमेरिकाका ऋषि उगरकले पाँच विकेट हात पारे । ८ ओभर १ बल बलिङ गर्दा उनले मात्र २२ रन खर्चिएर पाँच विकेट लिएका हुन् । उसका लागि सौरभ नेत्रवल्करले तीन विकेट हात पारे ।

लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको यूएईले अब अर्को खेल बुधबार नेपालसँग खेल्दैछ । लिग२ को अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ । अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र बनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : ५० बजे

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिशुस्टिनबीच बेइजिङमा भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बेइजिङमा रूसी प्रधान मन्त्री

भारतमा मतदाता सूची सुधार अभियान शुरु

नयाँ दिल्ली- भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको

मूल्य खस्किएपछि अदुवा किसान मारमा

घोराही– यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित

नयाँ पुस्ताको चेतना, पुरानै संरचना पुनरागमनको खतरा

भाद्र २३ र २४ मा नेपालको इतिहासले नयाँ मोड लियो।

के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ? 

काठमाडौं– आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका