विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट « Khabarhub

विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)ले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ ।

सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट हुँदै २४३ रनले पराजित भएको हो ।

अमेरिकाले ५० ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा २९३ रन बनाएको थियो । उसका लागि सइतेजा मुकमल्ला र मिलिन्द कुमारले शतकीय इनिङ खेले । मुकमल्लाले १३७ रन बनाउँदा कुमारले १२३ रन बनाए । दुवै ब्याट्सम्यानले २६४ रनको ऐतिहासिक साझेदारीसमेत गरेका छन् । अमेरिकी क्रिकेटमा शतकको साझेदारी गरेका ब्याट्सम्यान नटआउटसमेत रहे ।

२९३ रनको लक्ष्य पछ्याएको यूएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । २२ ओभर १ बलको सामना गर्दा यूएईले सबै विकेट गुमाएर मात्र ४९ रन बनाउँदै लज्जास्पद हारको सामना गरेको हो ।

यूएईका जुनैद सिद्धिकीले सर्वाधिक १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले रन जोड्न सकेनन् । उसका तीन ब्याटर शून्यमै आउट भए ।

यूएईलाई कमजोर सावित गर्न अमेरिकाका ऋषि उगरकले पाँच विकेट हात पारे । ८ ओभर १ बल बलिङ गर्दा उनले मात्र २२ रन खर्चिएर पाँच विकेट लिएका हुन् । उसका लागि सौरभ नेत्रवल्करले तीन विकेट हात पारे ।

लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको यूएईले अब अर्को खेल बुधबार नेपालसँग खेल्दैछ । लिग२ को अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ । अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र बनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : ५० बजे

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका