विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट « Khabarhub

विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)ले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ ।

सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट हुँदै २४३ रनले पराजित भएको हो ।

अमेरिकाले ५० ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा २९३ रन बनाएको थियो । उसका लागि सइतेजा मुकमल्ला र मिलिन्द कुमारले शतकीय इनिङ खेले । मुकमल्लाले १३७ रन बनाउँदा कुमारले १२३ रन बनाए । दुवै ब्याट्सम्यानले २६४ रनको ऐतिहासिक साझेदारीसमेत गरेका छन् । अमेरिकी क्रिकेटमा शतकको साझेदारी गरेका ब्याट्सम्यान नटआउटसमेत रहे ।

२९३ रनको लक्ष्य पछ्याएको यूएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । २२ ओभर १ बलको सामना गर्दा यूएईले सबै विकेट गुमाएर मात्र ४९ रन बनाउँदै लज्जास्पद हारको सामना गरेको हो ।

यूएईका जुनैद सिद्धिकीले सर्वाधिक १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले रन जोड्न सकेनन् । उसका तीन ब्याटर शून्यमै आउट भए ।

यूएईलाई कमजोर सावित गर्न अमेरिकाका ऋषि उगरकले पाँच विकेट हात पारे । ८ ओभर १ बल बलिङ गर्दा उनले मात्र २२ रन खर्चिएर पाँच विकेट लिएका हुन् । उसका लागि सौरभ नेत्रवल्करले तीन विकेट हात पारे ।

लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको यूएईले अब अर्को खेल बुधबार नेपालसँग खेल्दैछ । लिग२ को अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ । अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र बनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : ५० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी