ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर) « Khabarhub

ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर)


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कात्तिक डबलीमा कार्तिक नाचको आठौँ दिन सोमबार ‘नरसिंह अवतार’ मञ्चन गरिएकाे छ ।

कथाअनुसार, जव विष्णुले वराह अवतारबाट हिरण्याक्षलाई वध गर्छन्, उनका दाजु हिरण्यकश्यपु विष्णुप्रति बदला लिन शपथ गर्छन् । ऊ हिमालमा गई वर्षौँसम्म कठोर तपस्या गर्छ र अन्ततः ब्रह्माबाट वरदान प्राप्त गर्छ ।

हिरण्यकश्यपुको इच्छा थियो– न त उसलाई कुनै मानिसले, न जनावरले मार्न सकोस् । न दिनमा, न रातमा, न स्वर्गमा, न पृथ्वीमा र न कुनै अस्त्र वा शस्त्रले उसलाई क्षति पुर्‍याउन सकोस् ।

यो वरदानले उसलाई लगभग अमर बनायो र ऊ अत्याचारी शासकमा परिणत भयो । विष्णुको पूजा बन्द गराउँदै, उसले आफ्नै राज्यमा अधर्म फैलायो । तर उसका छोरा प्रह्लाद विष्णुभक्त थिए, जसको भक्ति कुनै पनि यातनाले कम हुन सकेन । क्रोधित भएर हिरण्यकश्यपुले अन्ततः प्रह्लादलाई मार्न आदेश दिँदै खम्बामा बाँधेर शिरोच्छेदन गर्न लगाउँछ।

त्यही क्षण खम्बाबाट विष्णु नरसिंहको रूपमा प्रकट हुन्छन् र काखमा राखेर नङले उदर च्यातेर नास गर्छन् ।

पाटन दरबार क्षेत्रको ऐतिहासिक वातावरणमा प्रस्तुत यो नाटकले नरसिंह अवतारको अद्भूत रूप, हिरण्यकश्यपुको अहङ्कार, र प्रह्लादको अटुट भक्ति कलात्मक रूपमा चित्रण गर्छ । यसले श्रद्धा, न्याय, र सत्यको विजयको सन्देश दिन्छ। 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ४८ बजे

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट

अखिलले आफैँ वितरण गर्‍यो राहत

रसुवा–  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई