ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर) « Khabarhub

ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर)


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कात्तिक डबलीमा कार्तिक नाचको आठौँ दिन सोमबार ‘नरसिंह अवतार’ मञ्चन गरिएकाे छ ।

कथाअनुसार, जव विष्णुले वराह अवतारबाट हिरण्याक्षलाई वध गर्छन्, उनका दाजु हिरण्यकश्यपु विष्णुप्रति बदला लिन शपथ गर्छन् । ऊ हिमालमा गई वर्षौँसम्म कठोर तपस्या गर्छ र अन्ततः ब्रह्माबाट वरदान प्राप्त गर्छ ।

हिरण्यकश्यपुको इच्छा थियो– न त उसलाई कुनै मानिसले, न जनावरले मार्न सकोस् । न दिनमा, न रातमा, न स्वर्गमा, न पृथ्वीमा र न कुनै अस्त्र वा शस्त्रले उसलाई क्षति पुर्‍याउन सकोस् ।

यो वरदानले उसलाई लगभग अमर बनायो र ऊ अत्याचारी शासकमा परिणत भयो । विष्णुको पूजा बन्द गराउँदै, उसले आफ्नै राज्यमा अधर्म फैलायो । तर उसका छोरा प्रह्लाद विष्णुभक्त थिए, जसको भक्ति कुनै पनि यातनाले कम हुन सकेन । क्रोधित भएर हिरण्यकश्यपुले अन्ततः प्रह्लादलाई मार्न आदेश दिँदै खम्बामा बाँधेर शिरोच्छेदन गर्न लगाउँछ।

त्यही क्षण खम्बाबाट विष्णु नरसिंहको रूपमा प्रकट हुन्छन् र काखमा राखेर नङले उदर च्यातेर नास गर्छन् ।

पाटन दरबार क्षेत्रको ऐतिहासिक वातावरणमा प्रस्तुत यो नाटकले नरसिंह अवतारको अद्भूत रूप, हिरण्यकश्यपुको अहङ्कार, र प्रह्लादको अटुट भक्ति कलात्मक रूपमा चित्रण गर्छ । यसले श्रद्धा, न्याय, र सत्यको विजयको सन्देश दिन्छ। 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ४८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का