कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता « Khabarhub

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा देशव्यापी रुपमा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै एमाले कनकाई नगर कमिटीले आगामी दिनमा यस्ता किसिमका अवाञ्छीत गतिविधिका रोक्न नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको हो ।

एमाले जिल्ला कमिटी झापाका सदस्यद्वय पार्टीका युवा नेता विनोद राना संयोजक र अर्का युवा नेता दीपक चापागाईं सहसंयोजक रहने गरी नगरस्तरीय सुरक्षा दस्ता गठन गरिएको हो ।

जेनजीका नाममा भएको आन्दोलनमा एमालेका धेरैजसो नेता तथा कार्यकर्ताहरु साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको घरमा भएको तोडफोड र आगजनीप्रति पार्टीले खेद प्रकट गर्दै दोषीलाई कडा कारबाहीको माग गरिएको नव गठित सुरक्षा दस्ताका संयोजक रानाले जानकारी दिए ।

अराजक गतिविधि एवं विकृति विसंगतिका विरुद्ध एमालेका नेता तथा कार्यकर्ता, शुभचिन्तक तथा आम कनकाईबासीको सुरक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको जनाउँदै नवगठित सुरक्षा दस्ताका सहसंयोजक चापागाईँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सतर्क रहन अनुरोध गरे ।

एमाले जिल्ला कमिटी झापाका सदस्य एवं सुरक्षा दस्ताका संयोजक विनोद राणाको अध्यक्षता एवं जिल्ला कमिटी झापाका उपाध्यक्ष शिव ढुंगेलको प्रमुख आतिथ्य रहेको नगर कमिटीको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आन्दोलनका विषयमा भएका गतिविधिको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : ११ बजे

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार