कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता « Khabarhub

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा देशव्यापी रुपमा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै एमाले कनकाई नगर कमिटीले आगामी दिनमा यस्ता किसिमका अवाञ्छीत गतिविधिका रोक्न नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको हो ।

एमाले जिल्ला कमिटी झापाका सदस्यद्वय पार्टीका युवा नेता विनोद राना संयोजक र अर्का युवा नेता दीपक चापागाईं सहसंयोजक रहने गरी नगरस्तरीय सुरक्षा दस्ता गठन गरिएको हो ।

जेनजीका नाममा भएको आन्दोलनमा एमालेका धेरैजसो नेता तथा कार्यकर्ताहरु साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको घरमा भएको तोडफोड र आगजनीप्रति पार्टीले खेद प्रकट गर्दै दोषीलाई कडा कारबाहीको माग गरिएको नव गठित सुरक्षा दस्ताका संयोजक रानाले जानकारी दिए ।

अराजक गतिविधि एवं विकृति विसंगतिका विरुद्ध एमालेका नेता तथा कार्यकर्ता, शुभचिन्तक तथा आम कनकाईबासीको सुरक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको जनाउँदै नवगठित सुरक्षा दस्ताका सहसंयोजक चापागाईँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सतर्क रहन अनुरोध गरे ।

एमाले जिल्ला कमिटी झापाका सदस्य एवं सुरक्षा दस्ताका संयोजक विनोद राणाको अध्यक्षता एवं जिल्ला कमिटी झापाका उपाध्यक्ष शिव ढुंगेलको प्रमुख आतिथ्य रहेको नगर कमिटीको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आन्दोलनका विषयमा भएका गतिविधिको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : ११ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज