पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस « Khabarhub

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।

पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए ।

‘सहज र निर्वाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन्’, उनले भने, ‘सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।’ शीघ्र सडक मर्मत नगरे हिउँदमा धुलोको समस्या निम्तने केसीले बताए । वर्षायाम सकिएलगत्तै सडक मर्मत गर्नुपर्नेमा अझै कामको सुरसार नदेखिएको उनको भनाइ छ ।

गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेको सडक डिभिजन कार्यालय, पोखराका सबइन्जिनियर लोकेश पौडेलले बताउनुभयो । ‘यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुङ्गिसकेको छ’, उनले भने, ‘कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ ।’ शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उनले बताए ।

निर्माण कम्पनीले दसैँ, तिहारअघि नै मर्मतसम्भारको काम सुरु गर्ने तयारी गरे पनि बीचमा भएको वर्षात्, चाडबाडको बिदा आदि कारणले केही ढिलाइ भएको सबइन्जिनियर पौडेलले बताए ।

तत्काल मर्मतसम्भारको कामलाई गति दिनेगरी कार्यालयले आवश्यक पहल लिने उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ११ : ५२ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत