विशेष पत्रकार सम्मेलन गर्दै माओवादी उपमहासचिव जनार्दन शर्मा « Khabarhub

विशेष पत्रकार सम्मेलन गर्दै माओवादी उपमहासचिव जनार्दन शर्मा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को एकताप्रति असन्तुष्ट रहेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दैछन् ।

शर्माले ललितपुर बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै शर्माले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज कार्तिक १८ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा बस्दै छ ।

माओवादी आयोजक समितिको बैठक राखेर एकता अनुमोदन गर्दै छ। तर शर्माले भने यो एकता प्रक्रिया तत्काल रोक्ने बताउँदै आएका छन् ।

शर्माले यो एकता प्रक्रियामा आफू सहभागी नहुने भन्दै प्रचण्डसँग अलग भएको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ११ : ५९ बजे

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा