उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल « Khabarhub

उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादका कारण लाइन काटिएका उद्योगीले धरौटी बुझाएपछि तुरुन्त लाइन जोडिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ढकालले उद्योगीहरूले २८ किस्ता सुविधाअनुसार १ किस्ता बराबरको धरौटीका रूपमा बुझाएपछि काटिएको लाइन तुरुन्त जोडिने बताएका हुन् ।

 ‘यस प्रस्तावअनुसार उद्योगीहरूले पहिलेको २८ किस्ता सुविधा अनुसारको एक किस्ता बराबरको रकम धरौटीका रूपमा बुझाएपछि काटिएका विद्युत लाइन तुरुन्त जोडिनेछ। यससँगै उद्योगीहरूले विवादित रकममा पुनरावलोकन र कानुनी उपचार खोज्ने अवसर पनि पाउनेछन्’, ढकालले लेखेका छन् ।

उनले सो प्रस्तावलाई मध्यमार्गी प्रस्ताव भएको भन्दै प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल र मन्त्रालयका सचिवहरूको उच्चस्तरीय छलफलमा सो प्रस्ताव आएको बताएका छन् ।

धरौटी बुझाएसँगै उद्योगीहरूले विवादित रकममा पुनरावलोकन र कानुनी उपचार खोज्ने अवसर पनि पाउने ढकालको भनाइ छ । 

साथै, अध्यक्ष ढकालले सो कदमबाट उद्योगहरूमा विद्युत आपूर्ति सुचारु भइ उद्योग सञ्चालन  नियमित हुनेछ भने निजी क्षेत्र र सरकारबीच थप विश्वास र सहयोगको वातावरण बनेको समेत बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : २६ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती