प्राधिकरणको प्रबन्ध निर्देशकमै बहालीका लागि हितेन्द्रदेव सर्वोच्चमा, निरौलाको इजलासमा पेशी « Khabarhub

प्राधिकरणको प्रबन्ध निर्देशकमै बहालीका लागि हितेन्द्रदेव सर्वोच्चमा, निरौलाको इजलासमा पेशी


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरुवा गर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

शाक्यले आफूलाई प्राधिकरणको प्रबन्ध निर्देशक पदमै पुर्नवहाली गर्नुपर्ने भन्दै रिट दर्ता गरेका हुन् । उनको रिटलाई मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ ।

सर्वोच्चले शाक्यको पक्षमा अन्तरिम आदेश दिएमा उनी प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्कने छन् ।

जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत शाक्यको सरुवा गरेर मनोज सिलवाललाई प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्ति गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ५१ बजे

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष