जनार्दनको पत्रकार सम्मेलनमा राम कार्की उपस्थित हुने, सुदन किराती नजाने « Khabarhub

जनार्दनको पत्रकार सम्मेलनमा राम कार्की उपस्थित हुने, सुदन किराती नजाने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट बिदा हुन लागेका नेता जनार्दन शर्माले मंगलबार गर्न लागेको पत्रकार सम्मेलनमा उनका विश्वासपात्र सुदन किराती नजाने भएका छन्।

केही आन्तरिक कारणले आफू पत्रकार सम्मेलनमा उपस्थित हुन नसक्ने सुदनले खबरहबलाई बताएका छन्।

यता माओवादी पार्टीका पूर्वसचिव राम कार्की भने जनार्दनको पत्रकार सम्मेलनमा उपस्थित हुने भएका छन् ।

‘आज हामी पत्रकार सम्मेलन गरेर आफ्ना केही अवधारणा सार्वजनिक गर्न लागेका छौँ’, कार्कीले खबरहबलाई भने, ‘अरू साथीहरू पनि जोडिँदै गर्नुहुन्छ, म चाहिँ आज जान्छु ।’

सुदनले भने जनार्दनले उठाएको मुद्दा र कुरालाई समर्थन गरेको तर व्यक्तिगत कारणले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको बताए ।

‘जनार्दन दाइले उठाउनु भएको मुद्दा र विषय मेरो पनि हो तर आज व्यक्तिगत कारणले म पत्रकार सम्मेलनमा उपस्थित हुन सकिन’, सुदनले भने,‘कुनै हालतमा अहिले मिल्न लागेका दलहरूसँग हामी जाँदैनौँ । हामीलाई अर्को पसल थाप्नु पनि छैन, सबैको सहमति र सल्लाहअनुसार एउटा नयाँ निचोड निकाल्छौँ।’

उनले अहिले असन्तुष्ट रहेका सम्पूर्ण पक्षहरूसँग आफूहरू वार्तामा रहेको कुरा स्वीकार गरेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ५४ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ