एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त « Khabarhub

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा पाएको फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ ।

पुसबाट छायाङ्कनमा जाने योजनाका साथ निर्देशक वसन्त निरौलाले कमलादीस्थित गणेशथानमा मंगरबार स्क्रिप्टको पूजा गरेका हुन् ।

शुभ मुहूर्तमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, जितु नेपाल र दीपाश्री निरौला पुगेका थिए ।

फिल्ममा हरिवंश, जितु, सिताराम कट्टेल ‘धुर्मुश’ र सागर लम्साल ‘बले’ पाण्डवको भूमिकामा रहेको निर्माण पक्षले बताएको छ । उनीहरु मध्ये कसले युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको भूमिका निर्वाह गर्ने भन्नेबारे गोप्य नै राखिएको छ ।

अर्का एक पाण्डव भने निर्माण पक्षले खुलाएको छैन ।

चर्चा भए अनुसार निर्माण पक्षले कलाकारको सूचीमा दीपकको नाम राखेको छैन । कतै खुलाउन बाँकी रहेका ‘पाण्डव’ दीपकराज त होइनन् ? भन्ने शंका उत्पन्न भएको छ ।

केही दिनपछि कार्यक्रमको आयोजना गरी सबै कलाकारबारे जानकारी दिने उनले बताए । दीपकको फिल्ममा अभिनय रहनेबारे उनले खबरहबसँग भने, ‘अहिले नै भन्न नसक्ने अवस्था छ ।’

दीपक निकटका अनुसार उनी यो फिल्ममा अभिनय गर्न उत्साहित छैनन् । यसको प्रस्ताव अस्वीकार गरेर उनी आफ्नै फिल्मको लेखनमा लागेको बुझिन्छ ।

यो अवस्थामा वसन्तले अर्को पाण्डव कसलाई बनाउँलान् भन्ने कौतुहालता सिर्जना भने भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको महिला कलाकारमा दीपाश्री र जनी गुरुङ फाइनल भएका छन् ।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको कथा, पटकथा र संवाद सुशील पौडेलले लेखेका छन् । उनी फिल्म ‘प्रसाद’को लेखक पनि हुन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । मल्टिस्टारर फिल्म हुने भएकाले यसको बजेट उच्च रहने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।

नवीनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’बाट निर्माणमा हात हालेका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १ : ५७ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त