कांग्रेसका विशेष महाधिवेशन पक्षधर जुटे थापागाउँमा « Khabarhub

कांग्रेसका विशेष महाधिवेशन पक्षधर जुटे थापागाउँमा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसमा बढ्दै गएको विवादबीच विशेष महाधिवेशन पक्षधरहरू काठमाडौंको थापा गाउँमा जुटेका छन् ।

थापागाउँ ब्याङ्क्वेटमामा महामन्त्री गगनकुमार थापा पक्षधर नेताहरू पनि सहभागी भएका छन् ।

उनीहरूले पार्टीको विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।

कांग्रेसको नियमित महाधिवेशन यही मंसिरमा गर्नुपर्ने हुन्छ । नियमित महाधिवेशनको सम्भावना नरहेको भन्दै उनीहरूले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गरेका थिए ।

कांग्रेसको केन्द्रीय समिति बैठक पनि सानेपामा जारी छ । केन्द्रीय समितिमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने भनिएको थियो ।

तर अझैसम्म पनि संस्थापन पक्षधरसँग कुरा मिल्न सकेको छैन । संस्थापन पक्षधरले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि २०८३ वैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ४२ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको