काठमाडौं– नेपाली कांग्रेसमा बढ्दै गएको विवादबीच विशेष महाधिवेशन पक्षधरहरू काठमाडौंको थापा गाउँमा जुटेका छन् ।
थापागाउँ ब्याङ्क्वेटमामा महामन्त्री गगनकुमार थापा पक्षधर नेताहरू पनि सहभागी भएका छन् ।
उनीहरूले पार्टीको विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।
कांग्रेसको नियमित महाधिवेशन यही मंसिरमा गर्नुपर्ने हुन्छ । नियमित महाधिवेशनको सम्भावना नरहेको भन्दै उनीहरूले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गरेका थिए ।
कांग्रेसको केन्द्रीय समिति बैठक पनि सानेपामा जारी छ । केन्द्रीय समितिमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने भनिएको थियो ।
तर अझैसम्म पनि संस्थापन पक्षधरसँग कुरा मिल्न सकेको छैन । संस्थापन पक्षधरले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि २०८३ वैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।















प्रतिक्रिया