प्रचण्डले माओवादीको अन्तिम बैठक गर्दै गर्दा जनार्दनको नयाँ घोषणा « Khabarhub

प्रचण्डले माओवादीको अन्तिम बैठक गर्दै गर्दा जनार्दनको नयाँ घोषणा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक मंगलबार दिउँसो प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवाद र प्रचण्ड पथ दोस्रो पटक त्याग्दै मार्क्सवादी लेनिनवादी विचारलाई अंगाल्ने निर्णय गरेपछि माओवादी केन्द्रको यो अन्तिम बैठक हो ।

यस अन्तिम बैठकबाट प्रचण्डले नयाँ तय नभइसकेको ९ दल सम्मिलित नयाँ दलमा माओवादीलाई समाहित गराउने निर्णय लिनेछन् ।

नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बसेको हो ।

तर उता माओवादी छोडेर नयाँ अभियानको घोषणाको तयारीमा रहेका पूर्वउपमहासचिव जनार्दन शर्माले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।

प्रचण्डले माओवादी त्याग्दै गर्दा जनार्दनले भने अर्का नेता राम कार्कीसहितको उपस्थितिमा पत्रकार सम्मेलन गरिरहेका छन् ।

उनले माओवादी पुनर्गठन या अन्य नयाँ अभियान घोषणा गर्न सक्नेछन् । उनले सोमबार प्रचण्डलाई आफूले नयाँ एकताको निर्णयलाई अस्वीकार गरेको भन्दै बिदा मागेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ५४ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ