जनार्दनको अभियानमा उपस्थित भइनन् बहिनी नारायणी शर्मा « Khabarhub

जनार्दनको अभियानमा उपस्थित भइनन् बहिनी नारायणी शर्मा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मंगलबार गरेको पत्रकार सम्मेलनमा जनार्दन शर्माकी बहिनी नेत्री नारायणी उपस्थित भइनन् ।

नेता राम कार्की र सन्दीप पुनसहित सहभागी पत्रकार सम्मेलनमा उनकै परिवारका सदस्यहरू नदेखिएका हुन् ।

नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग मिल्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा असहमति जनाउँदै जनार्दनले फरक मत राखेका छन् ।

उनी माओवादीको अन्तिम बैठकमा पनि सहभागी भएनन्। उता उनकी बहिनी नारायणी भने प्रज्ञा भवन कमलादिमा जारी माओवादी केन्द्रको अन्तिम बैठकमा उपस्थित भइन् ।

नेताहरूका अनुसार नारायणीले दाजु जनार्दनलाई साथ दिएकी छैनन् । उनले माओवादीसहित आठ दलको एकताको पक्षमा आफूलाई उभ्याएकी छन् ।

२०५२ सालमा जनयुद्ध सुरु गर्दा रुकुमको चौकीमा भएको पहिलो आक्रमणका क्रममा नारायणी शर्मा सहभागी थिइन्।

२०७९ को निर्वाचनमा समानुपातिक सांसद रहेकी शर्मालाई जनार्दन पक्षीय नेताका रुपमा गनिन्थ्यो। २०७० मा दाङ क्षेत्र नम्बर १ बाट पराजित उनी एकताकै पक्षमा उभिएकी हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ०५ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ