जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन  « Khabarhub

जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू पदको लोभी नभएको उल्लेख गरेका छन् । 

ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलन गर्दै उनले पदको लोभी भएको चर्चा गरिएकोले आफू पदको लोभी नभएको र सहिद परिवार र अन्य युवालाई अगाडि सार्ने उल्लेख गरे । 

शर्माले वैचारिक रूपमा अगाडि बढाउने युवालाई आफूहरूले साथ दिने भन्दै उनीहरूको अभिभावक भएर सल्लाह सुझाव दिने उल्लेख गरे ।

‘हामीले नेतृत्वको दाबी गरेका छैनौँ । यहाँ उपस्थित हुनुभएका सहिद परिवार र नयाँ पुस्ताका साथी नै अबको नेतृत्व हो ।’ उनले भने, ‘हामी भिन्न रूपले राजनीतिलाई अगाडि बढाउन चाहन्छु । हामी नेतृत्वको दाबी गर्दैनौं हामी अभिभावक भएर सल्लाह र सुझाव दिन्छौँ ।’

उनले अबको पार्टी नयाँ विचारधारा भएका युवा पुस्ताले हाँक्नुपर्ने बताए । उनले राजनीतिक अस्तित्व समाप्त पार्ने खेलाडीहरूप्रति आफू सधैँ सजग रहेकोसमेत उल्लेख गरे । 

उनले भने यो,’अभियान नयाँ हो फरक हो नयाँ पुस्ताको अगुवाइमा हुनेछ । नयाँ विचारका साथीहरू हुनुहुन्छ । जनताप्रति उत्तरदायी राजनीति संस्कार गर्ने युवा हुनेछ ।हामी उहाँहरूलाई सँगै बसेर मदत गर्नेछौँ।’

शर्माले जनतामा देखिएको अहिलेको राजनीति संकट अन्त्य हुने खालको नेतृत्व आफ्नो समूहले गठन गर्ने समेत उल्लेख गरे ।

उनले जनताले अस्वीकार्य गरिसकेको अभियानमा आफूहरू सामेल नहुने उल्लेख गरे । 

शर्माले माधवकुमार नेपाल र प्रचण्डलाई जनताले अस्वीकार गरिरहेकाले पार्टी एकताको कुनै तुक नभएको उल्लेख गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ३१ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली