‘माओवाद छाडेर प्रचण्डले माधव नेपालसामु आत्मसमर्पण गरे, विचारविहीन एकता दुर्घटनामा पर्छ’ « Khabarhub

‘माओवाद छाडेर प्रचण्डले माधव नेपालसामु आत्मसमर्पण गरे, विचारविहीन एकता दुर्घटनामा पर्छ’


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले मंगलबार नयाँ अभियान घोषणा गरेका छन् ।

उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको दशकौँको यात्रा टुंगिएको घोषणा गरेका हुन्।

उनले माओवादी र अन्य सात दलसँग मिलेर गरिएको एकता निर्णयप्रति स्पष्ट असहमति जनाउँदै नयाँ अभियान घोषणा गरेका छन्। कार्यक्रममा उनका साथमा नेता राम कार्की पनि उपस्थित थिए।

जनार्दनले एकताप्रति आफूहरूको विरोध केवल संख्या र बहुमतको आधारमा नभएर पार्टीमा नीति, विधि र सिद्धान्त कायम गर्नका लागि भएको बताए।

उनले भने, ‘पार्टीमा संख्या कति छ, कसको पक्षमा बहुमत छ भनेर होइन। स्तुति गान गर्ने कार्यकर्ताको संख्याका आधारमा होइन, हामी सुधारको नयाँ योजनासहित अघि बढ्छौं।’

के भने ?

नयाँ अभियान र सुधार : जनार्दनले आफूहरू सुधारमुखी नयाँ योजनासहित अघि बढ्दै पार्टी र समाज सुधार्ने नेतृत्‍व बनाउने प्रतिबद्धता जनाए ।

जात प्रथाविरुद्ध संघर्ष: नेपाली समाजको जात प्रथाको अन्त्यका लागि काम गर्ने उनले बताएका छन्।

सुशासन र पहुँच: सुशासन कायम गर्ने प्रतिबद्धता रहेको र नागरिकता तथा राहदानी घरमै उपलब्ध गराउने कार्यक्रम उनले अघि सारेका छन्।

एकता र आयोजक समितिको आलोचना : महाधिवेशन आयोजक समितिले एकता नाटक गरेको, महाधिवेशन टार्न खोजिएको र पार्टीमा विधि पद्धति स्थापनामा रोक लगाइएको आरोप जनार्दनले लगाएका छन्। उनले भने, ‘आयोजक समितिले महाधिवेशनलाई टार्ने काम गर्‍यो। पार्टीमा विधि र पद्धति स्थापित गर्न नदिने काम भएको छ।’

प्रचण्डसम्बन्धी टिप्पणी : प्रचण्डले माओवादी छाडेर माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गरेको जनार्दनले बताए । उनले त्यस्ता चाललाई स्वीकार नगर्ने बताए। उनले अहिलेको एकतालाई विचार र सिद्धान्तविहीनको संज्ञा दिएका छन् ।

आन्दोलनका लागि प्रतिबद्धता : जनार्दनले जनयुद्ध र जनआन्दोलनको बलिदान बोकेको इतिहास सम्झँदै प्रगतिशील अभियान चलाएर अघि बढ्ने बताए। ‘जनयुद्ध र जनआन्दोलनको बलिदान हामी बोक्न तयार छौँ,’ उनका शब्द थिए।

कार्यक्रमका क्रममा जनार्दनले कसैलाई गाली गर्ने उद्देश्यमा नभई संस्थागत परिवर्तन र सुधारका लागि अघि बढ्ने पक्षमा रहेको बताएका छन्। उनले पार्टीभित्रको प्रक्रियागत कमजोरी र नेतृत्‍वको निर्णयप्रति असहमति जनाउँदै प्रचण्डको नयाँ यात्रा दुर्घटनामा पर्ने चेतावनी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : २७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग