यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय   « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा नेपालकातर्फबाट सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार स्विट्जरल्याण्डको जेनेभामा मंसिर १ देखि ३ गतेसम्म आयोजना हुने समीक्षा बैठकमा सहभागी हुन सचिव घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले थाइल्याण्डको बैँककमा आयोजना हुने हाइ लेवल समीट अन वाटर सेक्युरिटी एन्ड रेजिलिन्स विषयक कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रालयका सचिव प्रमीलादेवी शाक्यलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

सर्वोच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्तिबापत ६ लाख तीन हजार ६ सय  रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाली सेनाका दश जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने पनि निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । 

त्यस्तै बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गत निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ४१ बजे

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको