कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ « Khabarhub

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

केन्द्रीय कार्यसमितिको मंगलबार सानेपामा बसेको बैठकमा महामन्त्री थापाले विस्तृत तालिकासहित महाधिवेशनको मिति प्रस्ताव पेस गरेका हुन्।

थापाले यही मंसिरमा महाधिवेशन गर्नुपर्ने भए पनि सर्वसम्मतिका लागि मध्यमार्गी बाटो खोजेर पुसमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

उनले पार्टीका नेता र कार्यकर्ताबीचको एकता बलियो बनाउन कुनै हालतमा फागुन २१ गतेको चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् ।

तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन पक्ष फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

कांग्रेसका खड्का पक्षको बहुमत रहेकाले थापाले गरेको प्रस्ताव पास हुन भने कठिन छ । अहिले नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङसहितको इतर समूहले पहिले महाधिवेशन अनि मात्रै निर्वाचनको अडान राखिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ५१ बजे

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा