राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की  « Khabarhub

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको भनेर चन्दा नलागेको तर कार्यकारी भूमिकामा नहुने दाबी गरेका छन्।

ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलन गरेर पार्टी नेता जनार्दन शर्मा र उनले आफू कार्यकारी भूमिकामा नरहने उल्लेख गरेका थिए। तर पत्रकारहरूले पुन: प्रश्न गरेपछि कार्कीले थप क्लियर गरेका छन्।

‘राजनीति छोडेर चन्दन लाउन लागेको होइन । म यहाँहरूलाई क्लियर गर्न चाहन्छु म धेरै आदर्शवादी कुरा गर्दिन। तर कार्यकारी भूमिकामा रहँदैनौं, उनले भने, ‘यही तरिका, यही चलन, यही राजनीतिलाई बचाइ राख्ने एमाले समाजवादी र माओवादीका केही नेताहरू  छन्। किन बेच र खरिद बिक्रीको राजनीतिलाई समाप्त पारेर स्वास्थ्य राजनीतिलाई अगाडि लिन्छौं।’

उनले नयाँ पुस्तालाई राजनीतिमा आउन र पुराना पुस्ताको सुझाव लिएर अगाडि बढ्न समेत आग्रह गरे। 

‘नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ म उहाँहरूलाई स्वागत गर्न चाहन्छु तर पुराना पुस्ताले दिएको सही सुझावलाई उहाँहरूले अनुसरण गर्नुपर्छ। कुरा सुन्नुपर्छ।’

अबको राजनीतिक कोर्स भनेको युवाहरूले गर्ने हो । तर त्यहाँ पीडितहरूको महिलाहरूको मजदुरहरूको किसानहरूको आवाज भने मुखरित हुनुपर्छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ५८ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको