माओवादीसहित नौ दल मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’, राखियो संयोजक र सह-संयोजक पद « Khabarhub

माओवादीसहित नौ दल मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’, राखियो संयोजक र सह-संयोजक पद

आगामी ६ महिनाभित्र महाधिवेशन गरिसक्ने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ दल मिलेर बनेको नयाँ दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’राखिएको छ।

मंगलबार बसेको नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको अन्तिम बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले नयाँ दलको नामको टुंगो भएको बताएका हुन् ।

यसअघि गत शुक्रबार आठ दलबीच भएको सहमतिमा चुनाव चिह्न पाँचकुने तारा पक्का गरे पनि नाम जुराइएको थिएन ।

‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ ।’

उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र गरिने पनि जानकारी दिए । ‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिने छ। केन्द्रीय समितिमा संयोजक र सह-संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ।’

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ०३ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग