माओवादीसहित नौ दल मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’, राखियो संयोजक र सह-संयोजक पद « Khabarhub

माओवादीसहित नौ दल मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’, राखियो संयोजक र सह-संयोजक पद

आगामी ६ महिनाभित्र महाधिवेशन गरिसक्ने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ दल मिलेर बनेको नयाँ दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’राखिएको छ।

मंगलबार बसेको नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको अन्तिम बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले नयाँ दलको नामको टुंगो भएको बताएका हुन् ।

यसअघि गत शुक्रबार आठ दलबीच भएको सहमतिमा चुनाव चिह्न पाँचकुने तारा पक्का गरे पनि नाम जुराइएको थिएन ।

‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ ।’

उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र गरिने पनि जानकारी दिए । ‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिने छ। केन्द्रीय समितिमा संयोजक र सह-संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ।’

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ०३ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै