अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय फैजल अन्सारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९४५० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका-६ किरात टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय संजय गिरी र ३१ वर्षीय सोम बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन ३ एम्पुल र फेनारगन ३ एम्पुलसहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-४ बस्ने ३१ वर्षीय हेमबहादुर थापा र २१ वर्षीय आकाश तामाङ रहेका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको बा.७ ख ६४८४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ३१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको