अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय फैजल अन्सारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९४५० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका-६ किरात टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय संजय गिरी र ३१ वर्षीय सोम बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन ३ एम्पुल र फेनारगन ३ एम्पुलसहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-४ बस्ने ३१ वर्षीय हेमबहादुर थापा र २१ वर्षीय आकाश तामाङ रहेका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको बा.७ ख ६४८४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ३१ बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार