कांग्रेस महाधिवेशनका लागि दुई फरक प्रस्ताव, गगनलाई महेन्द्रको चुनौती  « Khabarhub

कांग्रेस महाधिवेशनका लागि दुई फरक प्रस्ताव, गगनलाई महेन्द्रको चुनौती 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको नियमित महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेस भएका छन्। महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन आगामी ‘पुस १६ देखि १९ गतेसम्म’ गर्ने प्रस्ताव पेश गरेका छन्। 

त्यस्तै, सह-महामन्त्री महेन्द्र यादवले ‘२०८३ वैशाख २७ देखि २९ गतेसम्म’ महाधिवेशन गर्ने अर्को प्रस्ताव पेस गरेका छन्। मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा दुवैले विस्तृत कार्यतालिकासहित आफ्ना प्रस्ताव पेस गरेका हुन्।

थापाले यही मंसिरमा महाधिवेशन गर्नुपर्ने भए पनि सर्वसम्मतिका लागि ‘मध्यमार्गी बाटो’ अपनाएर पुसमा गर्ने प्रस्ताव अघि सारेका छन्। 

उनले फागुन २१ गते हुने निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। उता यादवले भने फागुन २१ को निर्वाचनपछि मात्रै पन्ध्रौँ महाधिवेशनमा जाने प्रस्ताव गरेका छन्।

गगन थापाको प्रस्तावित तालिका

मंसिर १० गतेसम्म : क्रियाशील नवीकरण र नयाँ वितरण

मंसिर १०–२० : क्रियाशील छानबिन

मंसिर २४ : निर्वाचन समितिलाई हस्तान्तरण मंसिर

२७ : वडा अधिवेशन पुस ५ : क्षेत्रीय अधिवेशन

पुस १६–१९ : केन्द्रीय महाधिवेशन

महेन्द्र यादवको प्रस्तावित

तालिका मंसिर २० सम्म : क्रियाशील सदस्यता नवीकरण

पुस ५ सम्म : नयाँ वितरण

पुस २० सम्म : निर्वाचन समितिलाई हस्तान्तरण

चैत्र १ : वडा अधिवेशन

चैत्र ५ : पालिका अधिवेशन

चैत्र १२ : प्रदेश क्षेत्रीय अधिवेशन

चैत्र २० : संघीय क्षेत्रीय अधिवेशन

चैत्र ३० : जिल्ला अधिवेशन

वैशाख १५ : सात प्रदेश अधिवेशन

वैशाख २७–२९ : केन्द्रीय महाधिवेशन

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : ०७ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको